काठमाडौं – संगीत जो आफैमा कुनै भुगोल जात क्षेत्र धर्म भन्दा धेरै माथि छ । सैद्धान्तिक रुपमा संगितको परिभाषा एक होला तर यसका परिभाषा अनगिन्ति छन् यानिकी यसको क्षेत्र व्यापक छ । यसमा नेपाली गीतसंगीतको आफ्नै बिशेषता छ आफ्नै मौलिक पन छ । संगीत आफैमा एक सागर हो । यहि सागरमा डुबुल्किनको लागि हर कोहि प्राणि लालायित पनि हुन्छन् अर्थात् संगीत मन नपर्ने शायद कोहि हुँदैन । नेपाली संगीत जे जसरी आजको स्थानमा छ पक्कै पनि तन, मन, धन, वचनले लागि परेका इतिहास देखि अहिलेसम्मका व्यक्तित्वको कारण छ । आज हामी नेपाली संगीतका एक गायन हस्तीको चर्चामा छौं ।
जसले ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो कसो गरि भुल्ने होला मन उडी गयो’,छिटको सारी चौबन्दी चोलीमा जस्ता लोक प्रिय गीत दिन सफल भएका छन् । नेपाली लोक संगीत क्षत्रमा एक गौरवशाली इतिहास बन्न सफल एक कलाकार हुन् सिताराम ताजपुरिया । उनको प्रारम्भिक अवस्था, उनले जिवनमा भोगेको यथार्थ भोगाई, उनको सफलताको कारण, तत्कालिन अवस्था र समग्र नेपाली संस्कृति साथै नेपाली लोक संगीतका विषयमा उनीसँग हाम्रा कार्यक्रम प्रस्तोता रुपी राठोरले गरेको कुराकानी । (भिडियो सहित)
https://youtu.be/0Aiy7gk3JVE
प्रकाशित मिति: १२ पुष २०७५, बिहीबार १३:१७