काठमाडौँ
संगीत क्षेत्रको सबैभन्दा ठुलो अवार्ड ‘ईमेज अवार्ड’को २२ औं संस्करण सम्पन्न भएको छ ।
सोमबार साँझ सोल्टी प्लाजामा सम्पन्न कार्यक्रममा नेपाली सांगितिक क्षेत्रका विभिन्न १५ वटा विधामा अवार्ड वितरण भएको थियो । यस बर्षको इमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मानित भएका थिए ।
यस्तै सर्वोत्कृष्ट कायक प्रविण वेडवाल बन्दा अन्जु पन्त उत्कृष्ट गायिका बनिन् । यस्तै देखेर तिमीलाई बोलको गीत उत्कृष्ट बनेको थियो ।
कसले पाए कुन अवार्ड :-
१) सर्वोत्कृष्ट गीत रचना : आफै हिड्ने बाटो… रमेश दाहाल
२) सर्वोत्कृष्ट संगीत : तड्पी तड्पी… कर्मा ग्याल्जेन बम्जन
३) सर्वोत्कृष्ट समुह वा युगल गायन : नबोली नबोली… प्रविण बेडवाल र समीक्षा अधिकारी
४) सर्वोत्कृष्ट गायन लोक गीत : घुमी घुमी… सुजन चापागाईँ र शान्ती श्री परियार
५) सर्वोत्कृष्ट गायन दोहोरी : डाँडाघरे साईली… स्वरुपराज आचार्य र लक्ष्मी मल्ल
६) सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार : नुनको भारी… भिमसेन कल्याल ठकुरी
७) सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक : नुनको भारी… पदम सुबेदी
८) सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक : नुनको भारी… विनयराज पौडेल
९) सर्वोत्कृष्ट नेपहप/र्याप प्रस्तुति : मेरो देश बिरामी… युनिक पोयट
१०) सर्वोत्कृष्ट गायन पप महिला : अकस्मात… बानिका प्रधान
११) सर्वोत्कृष्ट गायन महिला : पुरानो घाउ… अञ्जु पन्त
१२) सर्वोत्कृष्ट गायन पप पुरुष : माया मारेर… धर्मेन्द्र सेवान
१३) सर्वोत्कृष्ट गायन पुरुष : छुट्नु पर्ने… प्रविण बेडवाल
१४) सर्वोत्कृष्ट गीत :देखेर तिमीलाई… सुजन चापागाईँ/विद्या तिवारी
१५) टुर्बोग पब्लिक च्वाईस अवार्ड : फुलबुट्टे सारी…….. मिलन नेवार
यसबर्षको ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो । कोरोना संक्रमणका कारण गत दुई वर्ष आयोजना हुन नसकेको ईमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो ।
प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलवार १७:५६