Logo

८ आश्विन २०८०, सोमबार

डलरको भाउमा नयाँ रेकर्ड : आज एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ६८ पैसा


नौलो न्युज


काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ६८ पैसा तोकेको छ । अमेरिकी डलरको यो नयाँ रेकर्ड हो । यसअघि गएको साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।


प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार ०८:३०

प्रतिक्रिया दिनुहोस्