Logo

१६ बैशाख २०८१, आईतवार

वनको डढेलोले बाबुछोरीको ज्यान लियो, ४५ बाख्रा पनि जले


Shova jour


काठमाडौं – कालिकोटको खाडाचक्र ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ । स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो । छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो ।

आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु भएको थियो । जंगलमा बाख्रा चराउन गएको बेला उनीहरु डढेलोमा परेका हुन् । चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार ०९:५७

प्रतिक्रिया दिनुहोस्