Logo

८ जेष्ठ २०८१, मंगलवार

लेलेको डढेलो आनन्द वनमा फैलियो, कुष्ठरोग अस्पताल जोखिममा


Shova jour


काठमाडौँ । ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ ।

गोदावरी नगरपालिका–६ स्थित लेप्रेसी मिसन अस्पताल नजिक डढेलो पुगेपछि प्रहरीले सेनाको सहयोग मागेको छ । आगो नियन्त्रणका लागी दमकल तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।

कुष्ठरोग अस्पतालमा अहिले ९३ जना कुष्ठरोगका बिरामी उपचाररत छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १०:३२

प्रतिक्रिया दिनुहोस्