Logo

२२ आश्विन २०८२, बुधबार

एमाले अखिलले बालेन र सुदनबिरुद्ध जाहेरी दिने


Shova jour


काठमाडौं-  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरमा मंगलबार दिउँसो अखिलका युवाहरू पनि पुगेका छन्।

अखिलका महासचिव दीपक धामीका अनुसार बालेन र गुरुङबिरुद्ध तोडफोड, आगजनी र प्रहरी हत्यामा उजुरी दिन लागिएको हो। ‘हामी अहिले परिसर पुग्न लागेका छौँ, बालेन र सुदन गुरुङबिरुद्ध जाहेरी दर्ता गराउँदैछौँ,’ धामीले भने।

सुदन गुरुङसहितको समूह भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकबिरुद्ध जाहेरी दर्ता गर्न दबाब दिँदै काठमाडौँ प्रहरी परिसर पुगेको छ।

ओली-लेखक पक्राउबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बेलुका गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूको बैठक बालुवाटारमा बोलाएकी थिइन्।


प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलवार १७:३७

प्रतिक्रिया दिनुहोस्