Logo

१८ बैशाख २०८१, मंगलवार

विश्वद्वीपले छाडे बाबुराम, माओवादी केन्द्रमा फर्किए


Shova jour


काठमाडौँ – युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार ०९:२२

प्रतिक्रिया दिनुहोस्